aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

एचआईडिसिएलको हकप्रद शेयर बाँडफाँट, ३ करोड ६२ लाखभन्दा बढी कित्ता शेयर लिलामीमा आउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २८ भदौ २०७८
एचआईडिसिएलको हकप्रद शेयर बाँडफाँट, ३ करोड ६२ लाखभन्दा बढी कित्ता शेयर लिलामीमा आउने

काठमाडौं । हाइड्रोईलेक्ट्रसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेण्ट कम्पनी लिमिटेडले विक्री गरेको हकप्रद शेयर बाँडफाँट गरेको छ । कम्पनीले साउन ५ गतेदेखि भदौ ८ गतेसम्म विक्री गरेको शतप्रतिशत हकप्रद शेयर भदौ २६ गते बाँडफाँट गरेको हो । 

कम्पनीले विद्यमान चुक्तापूँजी रू. ११ अर्बको आधारमा रू. १०० अंकित दरको रू. ११ अर्ब बराबरको ११ करोड कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका १ लाख ९६ हजार ४२४ जनालाई ७ करोड ३६ लाख ७० हजार २७६ कित्ता हकप्रद शेयर बाँडफाँट गरिएको कम्पनीले जानकारी दिएको छ । यस आधारमा कम्पनीको ३ करोड ६२ लाख २९ हजार ७२४ कित्ता हकप्रद शेयर वितरण हुन सकेन । कम्पनीले उक्त शेयर अब लिलामी प्रकृयाबाट विक्री गर्नेछ । 

हकप्रद शेयर खरिदका लागि आफ्नो कायम हकभन्दा बढी शेयर माग गरी आवेदन दिएका आवेदकहरुको हकमा बाँडपाँटमा नपरेका हकप्रद शेयर वापतको रकम भदौ ३१ गतेदेखि सम्बन्धीत आवेदकहरुको बैंक खातामै रकमान्तर गरिने जानकारी कम्पनीले दिएको छ ।

कम्पनीले हकप्रद शेयर प्रयोजनका लागि जेठ २८ गते एक दिन बुक क्लोज गरेकाले जेठ २७ गतेसम्म कायम शेयरधनीहरु मात्र हकप्रद शेयर खरिदका लागि आवेदन दिन योग्य भएका थिए । हकप्रद शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले हकप्रद शेयर निष्कासनका लागि जेठ ९ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । 
 

प्रतिक्रिया दिनुहोस