
काठमाडौं । अपर तामाकोशी हाइड्रो पावरले एकैपटक दुई वर्षको साधारण सभा आव्हान गरेको छ । कोभिडका कारण रोकिएका कम्पनीको आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को बाह्रौं र तेह्रौं वार्षिक साधारण सभा एकैपटक अर्थात असोज १९ गते बोलाएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठले बताए ।
उक्त सभा सो दिन बिहान काठमाडौंको दरवारमार्गस्थित नेपाल विद्युत प्राधिकरणमा भर्चुअल माध्यमबाट बस्ने भएको छ । यससँगै दुबै सभाले आयोजना प्रभावित दोलखाका विभिन्न सामाजिक संस्थाहरु लगायत अन्य संस्थाहरुलाई उपलब्ध गराएको रकम अनुमोदन गर्ने विशेष प्रस्ताव रहेको छ ।
उक्त सभामा जाने प्रयोजनको लागि आगामी असोज ४ गते एक दिन कम्पनीको बुक क्लोज हुने छ । यससँगै असोज ३ गतेसम्म कायम सेयरधनीहरु उक्त सभामा बस्न योग्य हुनेछन् ।
प्रतिक्रिया दिनुहोस