aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

घोडीघोडा लघुवित्तको साधारण सभा असोज १६ गते, युनिक नेपाल लघुवित्तसँगको मर्जर प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २९ भदौ २०७८
घोडीघोडा लघुवित्तको साधारण सभा असोज १६ गते, युनिक नेपाल लघुवित्तसँगको मर्जर प्रस्ताव

 काठमाडौं । घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडले असोज १६ गते  विशेष साधारण सभा बोलाएको छ । सभा बिहान ११ बजे होटल रुबस बैयाबेहडी धनगढी कैलालीमा बोलाईएको हो । यस कम्पनीले युनिक नेपाल लघुवित्त वित्तीय संस्थासँग मर्जरमा जाने प्रस्ताव पारितका लागि विशेष साधारण सभा बोलाएको हो । 

यी दुई कम्पनीविच २०७७ कात्तिक २१ गते मर्जर सम्बन्धमा प्रारम्भिक सम्झौता भएको छ । उक्त सम्झौता बमोजिम मर्जर प्रकृया सम्पन्न गर्न आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । 

घोडीघोडा लघुवित्तका १०० कित्ता शेयर बरावर युनिक लघुवित्तको ५० कित्ता शेयर शेयर आदान प्रदान गर्ने सहमति अनुसार यी दुई कम्पनी एक हुन लागेका हुन । घोडीघोडा लघुवित्त धितोपत्र दोस्रो बजारमा सूचीकृत कम्पनी हो भने युनिक नेपाल लघुवित्तले हालसम्म सर्बसाधारणमा शेयर जारी गरेको छैन् । मर्जर सम्झौता भएसँगै घोडीघोडा लघुवित्तको शेयर कारोबार २०७७ साल कात्तिक २३ गते देखि रोक्का रहेको छ ।  
 

प्रतिक्रिया दिनुहोस