aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

बिओके क्यापिटलको साधारण सभा असोज २० गते, १८ प्रतिशत लाभांश प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २९ भदौ २०७८
बिओके क्यापिटलको साधारण सभा असोज २० गते, १८ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । बिओके क्यापिटल मार्केट लिमिटेडले असोज २० गते छैटौं वार्षिक साधारण सभा बोलाएको छ । क्यापिटलको भदौ २४ गतेको सञ्चालक समितिको बैठकले क्यापिटलको कार्यालय, नक्साल काठमाडौमा दिउँसो ३ बजे सभा गर्ने निर्णय गरेको हो । 

सभाले गत आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै १८ प्रतिशत नगद लाभांश प्रस्ताव समेत पारित गर्नेछ । क्यापिटलले आफ्नो चुक्तापूँजी रू. २१ करोडको आधारमा कर समेत रू. ३ करोड ७८ लाख बराबरको नगद लाभांश वितरण गर्न लागेको हो । 

यसका साथै चालू आर्थिक वर्ष ०७८÷७९ को लागि लेखापरिक्षक नियुक्तिसँगै निजको पारिश्रमिक निर्धारण र कम्पनीको रजिष्ट्रर्ड कार्यालयको ठेगाना परिवर्तनको विषयलाई पनि अनुमोदन गर्ने कार्यक्रम सभाका लागि तय भएको छ ।
 

प्रतिक्रिया दिनुहोस