
काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले भदौ ३० गते २४ औं वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको साउन २८ गतेको सञ्चालक समितिको बैठकले संस्थाको केन्द्रिय कार्यालय, कमलादी, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
यसअघि कम्पनीले गत बैशाख ३१ गते यो सभा आव्हान गरेको थियो । सो समयमा कोभिडका कारण सरकारले निषेधाज्ञा गरेका कारण सभा स्थगित भएको थियो । सभाले अघिल्लो आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ती प्रकृया अघि बढाउने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत गर्नेछ ।
सभाले संस्थापक र सर्वसाधारण तर्फबाट सञ्चालक निर्वाचनको गर्ने कार्यक्रम समेत रहेको छ । विभिन्न प्रस्ताव सहित आव्हान गरिएको सभा प्रयोजनका लागि कम्पनीले भदौ ८ गते एक दिन बुक क्लोज गरेको छ ।
प्रतिक्रिया दिनुहोस