aarthiknews.com मंगलबार, १४ जेठ २०८२   Tuesday, 27 May, 2025
 

युनिलिभर नेपालको पुरानो ६६ लाखभन्दा बढी लाभांश भुक्तानी हुन सकेन, ३५ दिनभित्र बुझिलिन अनुरोध

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ३० भदौ २०७८
युनिलिभर नेपालको पुरानो ६६ लाखभन्दा बढी लाभांश भुक्तानी हुन सकेन, ३५ दिनभित्र बुझिलिन अनुरोध

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडको पुराना दुई आर्थिक वर्षको रू. ६६ लाख ३८ हजार ९८० बराबरको लाभांश भुक्तानी हुन बाँकी रहेको छ । कम्पनीले आर्थिक वर्ष ०६९/७० र ०७१/७२ को लागि घोषणा गरेको लाभांश मध्य उक्त रकम बराबरको लाभांश वितरण हुन बाँकी रहेको हो । 

पाँच वर्ष पुरानो लाभांश सम्बन्धीत शेयरधनी वा निजको हकवालाहरुले हालसम्म पनि लिन नआएकाले कम्पनीले यथासिघ्र उक्त लाभांश बुझिलिन सम्बन्धीत शेयरधनीहरुलाई अनुरोध गरेको छ । कम्पनीले भदौ ३० गते सुचना जारी गर्दै आगामी ३० दिनभित्र आफ्नो शेयर प्रमाणपत्र साथ कम्पनीको शेयर रजिष्ट्रार सन्राइज क्यापिटल, कमलपोखरी, काठमाडौंमा सम्पर्क राख्न अनुरोध गरेको हो । 

सो अवधिभित्र लाभांश लिन नआएमा उक्त लाभांश कम्पनी ऐनको दफा १८३ बमोजिम लगानी संरक्षण कोषमा जम्मा हुने जानकारी समेत कम्पनीले दिएको छ । कम्पनीले आर्थिक वर्ष ०६९/७० मा प्रतिकित्ता रू. ७६० र आर्थिक वर्ष ०७१/७२ मा प्रतिकित्ता रू. ९९० का दरले नगद लाभांश वितरण गरेको थियो । आर्थिक वर्ष ०६९/७० को कुल लाभांशमध्य रू. १८ लाख ९८ हजार ८६० र आर्थिक वर्ष ०७१/७२ को कुल लाभांश मध्य रू. ४७ लाख ४० हजार १२० वितरण हुन बाँकी रहेको कम्पनीले जानकारी दिएको छ ।
 

प्रतिक्रिया दिनुहोस