
काठमाडौं । अरुणभ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनीले गत आर्थिक वर्ष ०७७÷७८ को लाभांश घोषणा गरेको छ । बिहीवार बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश पारितका लागि असोज १४ गते वार्षिक साधारण सभा गर्ने निर्णय समेत कम्पनीले गरेको छ । कम्पनीले १० प्रतिशत बोनस शेयर पश्चात ५० प्रतिशत हकप्रद शेयर विक्रीको प्रस्ताव पनि गरेको छ । कम्पनीले प्रस्ताव गरेको बोनस तथा नगद लाभांश वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ भने हकप्रद शेयर भने साधारण सभाबाट पारित गरेपछि विद्युत नियमन आयोग र नेपाल धितोपत्र बोर्डबाट अनुमति पाउनुपर्ने हुन्छ ।
कम्पनीले साधारण सभा प्रयोजनका लागि असोज ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । बुक क्लोजको आधारमा असोज १० गतेसम्म कायम शेयरधनीहरुले प्रस्तावित लाभांश प्राप्त गर्न र साधारण सभामा भाग लिन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस