aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

यस्ता छन् मोटरसाइकल तथा स्कुटर खरिदमा दशैं विशेष अफर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०१ असोज २०७८
यस्ता छन् मोटरसाइकल तथा स्कुटर खरिदमा दशैं विशेष अफर

काठमाडौं ।  हिन्दु धर्मावलम्बी नेपालीका सबैभन्दा ठुला चाड पर्वहरू नजिकिइरहेका छन् । दशैं, तिहार र छठ जस्ता चाड नजिकिँदै गर्दा बजारमा चहलपहल पनि निकै बढेको छ । बजारमा चाडपर्व लक्षित अफरहरू दिएर ग्राहकलाई आकर्षित गर्ने परिपाटी पनि बढ्दो छ । यस्ता चाडपर्व लक्षित गरी बजारमा सार्वजनिक भएका विभिन्न अफरहरूले बजार रङ्गिन बन्न थालिसकेका छन् । 

नेपालीहरूको महान् चाड दशैं यही असोज २६ गतेबाट सुरु हुँदै छ । दशैं भन्ने बित्तिकै नयाँ लुगा, मीठो परिकार र पारिवारिक जमघट गर्ने साथै घरमा नयाँ नयाँ सरसामानहरू खरिद गर्ने भनेर बुझिन्छ ।  नेपालीहरूको जीवन शैलीमा आएको परिवर्तनसँगै चाडबाडमा नयाँ लुगा मात्र होइन कि नयाँ घरदेखि गाडी, मोटरसाइकल तथा स्कुटर, घरायसी सरामानहरूको पनि किनमेल बढेको पाइन्छ । 

मुख्यतः बजारमा चाडबाडलाई लक्षित गरेर नयाँ नयाँ सामानहरू भित्रिने भएकाले पनि यस बेला ग्राहकहरू बढी आकर्षित हुनु स्वाभाविक हो । त्यसमा पनि व्यापारीहरूले दिने विभिन्न आकर्षक अफरसहितका उपहारले पनि यो बेला बजारमा भिडभाड बढ्ने गर्छ । 

यसै सन्दर्भमा दशैं तिहारमा नयाँ मोटरसाइकल तथा स्कुटर चढ्न चाहानेहरुले पनि अहिले बजारमा चहलपहल बढिरहेको छ । दशैं तथा तिहारलाई लक्षित गर्दै अटो कम्पनीहरुले पनि आकर्षक अफर तथा योजना ल्याएका छन् । मोटरसाइकल तथा स्कुटर विक्रेता कम्पनीहरुले नगद छुट, हात खाली नहुने स्क्र्याच कुपन, टुर, नगद योजना सार्वजनिक गरेका छन् । थाहा पाउनुस्, कुन कम्पनीले कस्तो अफर ल्याएको छ ?  

बजाज  

दशैंको विशेष अवसरमा बजाज मोटरसाइकलको एक मात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले “बजाज खुसीको ३ डोज” योजना सार्वजनिक गरेको छ । बजाजले सदैव ग्राहकहरूका लागि रोमाञ्चक योजना र अफरहरू ल्याउँदै आइरहेको छ । यस अफर अन्तर्गत कुनै पनि बजाज मोटरसाइकल किन्नु भन्दा पहिले वा किन्ने बखतमा र किनिसकेपछि नगद पुरस्कार प्राप्त गर्न सक्नेछन् । 

ग्राहकहरूले बाइक किन्नुभन्दा पहिले १० हजार रुपैयाँसम्मको अग्रिम नगद प्राप्त गर्न सक्छन् । त्यस बाहेक उपभोक्ताहरूले मोटरसाइकलको खरिदको दौरानमा एक लाखसम्म नगद प्राप्त गर्न सक्छन् र बम्पर अफरमा भने कुनै पनि अधिकृत डिलरबाट बजाज मोटरसाइकल किनिसकेपछि १० लाखसम्मको नगद पुरस्कार प्राप्त गर्न सक्नेछन् । 

यामाहा 

नेपालीहरू माझ अत्यन्त लोकप्रिय रहेको यामाहा मोटर साइकल तथा स्कुटरहरूको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले दशैं तिहारको शुभकामना सहित एक विशेष उपभोक्ता योजना 'रेस फर द एस' अफर सुरु गरेको छ । यो अफर भदौ १६ गतेदेखि यामाहा बाइक तथा स्कुटरको खरिदमा लागू गरिएको छ । यस योजना अन्तर्गत उपभोक्ताहरूले यामाहा खरिद गर्दा तत्कालै स्योर सट उपहारमा ८ हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्मको नगद पुरस्कार छुट प्राप्त गर्न सक्नेछन् । 

साथै, लक्की ड्रमा हरेक हप्ता एक जनाले ४ तोला सुनको एक्का तास जित्न सक्नेछन् । यति मात्र हैन बम्पर पुरस्कार त झन् खास रहेको छ । बम्पर पुरस्कार विजेता उपभोक्ताले लक्की ड्रको भन्दा ३ गुणा ज्यादा अर्थात् १२ तोला सुनको एक्का तास जितेर रेस फर द एसको सर्वाधिक भाग्यशाली विजेताको ताज पहिरिन सक्नेछन् । 

मोटरहेड

नेपालका लागि मोटरहेड मोटरसाइकलको आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेडले दशैँ, तिहार र छठलाई मध्यनजर गरी ‘पर्व खुसीको, पर्व विश्वासको’ अफर ल्याएको छ । भाद्र २४ देखि प्रारम्भ भएको यस अफर आगामी कात्तिक २४ सम्म चल्ने छ । उक्त अफर अन्तर्गत मोटरहेडका कुनै पनि मोटरसाइकल सीधै नगदमा खरिद गर्दा १२ हजार र फाइनान्स गरी खरिद गर्दा ८ हजार रुपैयाँ छुट पाइने छ । सो अवधिमा मोटरसाइकल खरिद गर्ने सबै ग्राहकहरू मध्येबाट गोला प्रथा गरी तीन जना भाग्यशाली ग्राहकलाई क्रमशः १ लाख, ५० हजार र २५ हजार नगद प्रदान गरिने कम्पनीको जनाएको छ । 

सुजुकी 

सुजुकी मोटरसाइकलको आधिकारिक विक्रेता भिजी अटोमोबाइल्सले आफ्नो उत्कृष्ट ब्रान्ड सुजुकीको लागि दशैं तिहारलाई मध्यनजर गर्दै ‘दशैं आयो उमङ्ग छायो क्यासब्याकको साथै बम्पर पायो' उपहार योजना ल्याएको छ । यस उपहार योजना अन्तर्गत कुनै पनि सुजकी ब्रान्डको मोटरसाइकल र स्कुटरको खरिदमा १० हजार रुपैयाँ पक्का क्यासब्याक पाउनुको साथै हरेक दुई हप्तामा बम्पर पुरस्कारको रूपमा सुजमी इन्ट्रुडर बाइक पाउने पक्का रहेको छ । साथै यस अफरमा एक वर्षको रोड ट्याक्स, फाइनान्स र एक्सचेन्जको सुविधा रहेको कम्पनीले जनाएको छ ।

टिभिएस  

दसैंतिहार तथा छठ पर्वको अफरमा टिभिएसले १० लाखसम्म जित्न सक्ने अफर ल्याएको छ । साथै ६ प्राइजको सरप्राइज योजना समेत रहेको कम्पनीले जनाएको छ । टिभिएसको सवारी साधन खरिद गर्नेले भने १० लाख रुपैयाँसम्म नगद पाउने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार दैनिक रूपमा एक जनाले रियलमी सी २० स्मार्टफोन पाउने छन् । कम्पनीले हरेक साता शतप्रतिशत क्यासब्याक अफर समेत राखेको टिभिएसको नेपालको अधिकृत बिक्रेता जगदम्बा मोटर्सले जनाएको छ ।

टिभिएसका बाइक र स्कुटर खरिद गर्नेले कम्पनीबाट ६ पटकसम्म उपहार जित्ने अवसर समेत रहेको छ । कम्पनीले बम्पर उपहारमा प्रोटोनको सागा कार राखेको छ । कम्पनीमा इन्क्वारी गर्ने मात्र पनि रियलमी स्मार्टफोन र अपाचे आरआर ३१० जित्ने मौका पाउने छन् । योजना अन्तर्गत ग्राहकले टिभिएसको मोटरसाइकल र स्कुटर नकिने पनि एक लाख रुपैयाँ जित्न सक्ने कम्पनीले जनाएको छ । त्यसका लागि अनलाइन www.tvsnepal.com/dashain  वेबसाइटमा गएर बाइक तथा स्कुटर खरिद गर्नु  पर्ने हुन्छ । ग्राहकले कुनै बाइक वा स्कुटर खरिद गरेमा शतप्रतिशत क्यासब्याक दिने कम्पनीको योजना रहेको छ । 

बेनेली

इटालीमा निर्मित बेनेली मोटरसाइकल बिक्री गर्दै आएको केटीएम इन्टरनेशनल ट्रेडिङले चाडपर्वका लागि 'थ्रीएक्स डिस्काउन्ट फिएस्टा' अफर ल्याएको छ । कम्पनीले मोटरसाइकल किन्नुभन्दा पहिले ई–डिस्काउन्ट अन्तर्गत मोटरसाइकल किन्नु भन्दा पहिले नै घरैबाट समेत क्युआर कोड स्क्यान गर्दा १ लाख रुपैयाँ छुट, मोटरसाइकल किन्ने निश्चित भइसकेपछि 'वाक इन डिस्काउन्ट अफर' अन्तरगत १ लाख र मोटरसाइकल किनिसकेपछि ५ हजार रुपैयाँसम्मको हेलमेट र अन्य विभिन्न गिफ्ट गरी २ लाख ५ हजारसम्मको छुट दिने जनाएको छ ।

होण्डा

नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले आफ्नो दशैं तथा तिहार स्किम “होण्डाको साथ ७” ग्राहकवर्गहरु माझ ल्याएको छ । नेपालमै पहिलो पटक सात प्रदेशलाई समावेश गरिएको यस योजनामा हरेक प्रदेशबाट होण्डा खरिद गर्ने १ जनालाई एक लाख  रुपैयाँ प्रदान गरिनेछ ।  

यस योजनाको समय अवधिभर होण्डाका ग्राहकहरूले स्क्रयाच कुपन मार्फत हात खाली नजाने गरी एक लाखसम्म नगद उपहार प्राप्त गर्न सकिने छ । यसका साथै यस योजना अन्तर्गत ग्राहकहरूले, ७ वर्षको लागि स्पेयर पार्टस् मा ७ प्रतिशत छुट, ७ वर्षसम्मका लागि ९ वटा बोनस सर्भिस कुपन प्राप्त गर्न सक्नेछन् । त्यसै गरी होण्डा बिग बाइकको खरिदमा ४० हजारसम्मको क्यास ब्याक पाउन सक्नेछन् । यति मात्र नभई यस योजनामा मात्र १ रुपैयाँको डाउन पेमेन्ट, १ रुपैयाँको इएमआइ र १ प्रतिशत ब्याजदरमा समेत होण्डा खरिद गर्न सकिने। बम्परमा सहभागी १ जना भाग्यशाली ग्राहकहरूले १५ लाखसम्मको नगद पुरस्कार जित्ने मौका प्राप्त गर्न सक्नेछन् ।  

 

प्रतिक्रिया दिनुहोस