aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

टिभिएसको ग्राण्ड दशैं एक्सचेन्ज मेला भृकुटीमण्डपमा शुरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०१ असोज २०७८
टिभिएसको ग्राण्ड दशैं एक्सचेन्ज मेला भृकुटीमण्डपमा शुरु

काठमाडौं । नेपालको लागि टिभिएस टू–ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले आजबाट ग्राण्ड दशैं एक्सचेन्ज मेलाको प्रारम्भ गरेको छ। भृकुटीमण्डपमा आयोजना हुने  उक्त मेला आजको मितिबाट असोज ६ गतेसम्म ६ दिनका लागि आयोजना हुनेछ । यो एउटा यस्तो एक्स्चेन्ज मेला हो जहाँ उपहारको बर्षाको साथ् ग्राहकले कुनै पनि कम्पनिको मोटरसाइकल वा स्कुटर लिएर गएर त्यसको सट्टामा टिभिएसको नयाँ मोटरसाइकल वा स्कुटर लिएर घर जान सक्ने छन्।

यस एक्सचेन्ज मेला अन्तर्गत ग्राहकले कुनै पनि कम्पनीको पुरानो मोटरसाइकल वा स्कुटरमा बजार मूल्य भन्दा थप १० हजारसम्म मुल्याङ्कन पाउने छन् । त्यस्तै नयाँ सवारी खरिद नगरी १ लाख सम्म र किनिसके पछि १० लाखसम्मको आकर्षक उपहार प्राप्त गर्न सक्नेछन् । त्यसको लागि नयाँ सवारी किन्न इच्छुक ग्राहकले tvsnepal.com/Dashain मा जानु पर्ने हुन्छ। यसैगरी शुन्य प्रतिशत व्याजदरको विशेष सुविधाका कारण यो मेला किस्ताबन्दीमा सवारी किन्न चाह्नेका लागि समेत उत्साहजनक रहेको छ। यस अफरमा प्रिबुकिङ् गरे मात्र पनि ग्राहक हरुको लागि २ हजार बराबरको आकर्षक उपहारको व्यवस्था गरिएको छ।  

यस योजनाको मुख्य आकर्षणको केन्द्र भनेको चाहिं एक्सचेन्जमा ईएम्आइ अफर रहेको छ । जहाँ ग्राहकले कुनै पनि कम्पनिको पुरानो मोटरसाइकल वा स्कुटर लिएर गएर त्यसको मुल्याङ्कन बराबरको रकम डाउन पेमेन्ट स्वरुप तिरेर बाँकी रकम इ।एम्।आइको सुरुवाती दर  ५ हजार ९९९ मासिक रुपमा तिरेर नयाँ मोटरसाइकल वा स्कुटर घर लैजान सक्ने छन्। यस अफरले पुरानो सवारीको सट्टा नयाँ सवारी घर  लैजान इएम्आइ र क्यास दुवैको माध्यमबाट विकल्प प्रस्तुत गरेको छ। त्यसका साथै यस एक्सचेन्ज अफरमा टेस्ट राइड गरेमात्र पनि ग्राहकले पक्कापक्की उपहार प्राप्त गर्ने छन्।   

प्रतिक्रिया दिनुहोस