aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

मोटरहेडको नयाँ बाइक सार्वजनिक, मूल्य कति होला ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०१ असोज २०७८
मोटरहेडको नयाँ बाइक सार्वजनिक, मूल्य कति होला ?

काठमाडौं । एसएलआर टेक्नो एण्ड ट्रेड प्रा. (एसजी समूहको एक सहायक कम्पनी) मोटरहेड मोटरसाइकलको नेपालको लागी अधिकृत विक्रेता हो, जसले विश्वमै परिचित अफ रोड मोटरसाइकलहरु चीनबाट आयात गर्ने गरेको छ । 

 कृष्ण प्रसाद दुलाल (नेपाल अटो डिलर एसोसिएसनका अध्यक्ष), शिवप्रसाद घिमिरे (एसजी ग्रुपका अध्यक्ष) लोक हर्ष शाक्य (एसएलआर टेक्नो एण्ड ट्रेड प्राइवेट लिमिटेडका अध्यक्ष) सुगम घिमिरे (निर्देशक एसएलआर टेक्नो एण्ड ट्रेड प्राइवेट लिमिटेड, व्यापारी  साझेदारहरु र विभिन्न संस्थाको उपस्थितिमा शुक्रबार एक कार्यक्रमबीच मोटरहेड नयाँ टेक्केन आर २५० मोटरसाइकलको नेपाली बजारमा विक्री शुरु गरेका छन । 

एसजी समूह सन १९९६ मा शिव प्रसाद घिमिरेको अध्यक्षतामा स्थापित भएको कम्पनी हो ।  २५ बर्षको समयमा नेपालमा एक सम्मानित कर्पोरेट बिजनेस हाउसको रूपमा उंिभदै निर्माण, ऊर्जा, एलपीजी ग्यास, सेवा, व्यापार, आतिथ्य, कृषि व्यवसाय, शिक्षा, मिडिया, बैंकिंग र निर्माण क्षेत्रमा व्यापार व्यवसाय गरिरहेको छ । एसजी समूह इटालियन मोटरसाइकल र स्कूटरको कम्पनी तारो मोटर्सको पनि आयातकर्ता समेत हो । 

कम्पनीको General Manager  उज्वल जोशीका अनुशार नयाँ Tekken R 250 को शुरुवात मूल्य ४ लाख ५ हजार रुपैयाँ तोकिएको छ ।  जुन सीमित समय अवधिको लागी मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ । यो दुई आकर्षक रंग र ग्राफिक्समा उपलब्ध छ । यो बाइक “हरेक सडकलाई चुनौती“ दिने किसिमले डिजाइन गरीएको छ ।

यसको उन्नत इन्जिन, कडा चेसिस/फ्रेम, शानदार ग्राफिक्स, स्टाइलिश हेडलाइट्स, राम्रो डिजाइन, Sleek shape इनबिल्ट इन्जिन लेग गार्ड रहेको छ । साथै डबल डिस्क ब्रेक र आरामदायक सिट भएकोले नेपालको युवाहरुले अत्यन्तै मन पराउने छन्। बिक्री पछिको सेवाको गुणस्तर बृद्धिमा निरन्तर प्रयास र मोटरहेड चीन टीमसंग निकट समन्वय गरि  आउँदा दिनहरुमा पूरै नयाँ स्तरमा ग्राहकहरुलाई सन्तुष्टि दिने कुरामा कम्पनी जनाएको छ ।

मोटरहेडको हाल प्रमुख शहरहरुमा थ्रीएस सुविधा (बिक्री, सेवा र स्पेयर) सहित १४ वटा डिलर आउटलेटहरु छन्। धोबीघाट –३, ललितपुर Kalanga complex परिसरमा यसको कर्पोरेट शोरूम छ। कम्पनीले भर्खरै धादिङ्ग, मन्थली र कावाशोतीमा ३ अतिरिक्त थ्रीएस आउटलेट ल्याएको छ । चीनको वर्तमान व्यापार नीतिमा भर्खरै परिवर्तन पनि आएकोले ग्राहकहरुलाई स्पेयर पार्ट्स र उत्पादनको सहज उपलब्धतामा अधिक विश्वस्त बनाएको छ । 

प्रतिक्रिया दिनुहोस