aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

एनएलजी इन्स्योरेन्सको सिईओ पन्त प्रबल जन सेवा श्री पदकबाट विभूषित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०३ असोज २०७८
एनएलजी इन्स्योरेन्सको सिईओ  पन्त प्रबल जन सेवा श्री पदकबाट विभूषित

काठमाण्डौं । संविधान दिवसको अवसरमा एनएलजी इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत सुनिलबल्लभ पन्तलाई विभूषित गरिएको छ ।  राष्ट्रपतिको कार्यालयबाट हुने नौ सय भन्दा बढीको सूचीमा बीमा सेवा क्षेत्रबाट  पन्त पनि चयनमा परेका छन् ।

मन्त्री परिषद्को सिफारिसमा एनएलजी इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत सुनिलबल्लभ पन्तलाई प्रबल जन सेवा श्री पदकबाट सम्मान् गर्ने घोषणा गरिएको हो ।

 पन्त  २०७५ असोज २४ गतेदेखि एनएलजी इन्स्योरेन्सको प्रमुख कार्यकारी पदमा कार्यरत छन् । एनएलजी इन्स्योरेन्समा सहायक पदबाट बीमा क्षेत्रमा सेवा शुरु गरेका पन्तसँग दुई दशकभन्दा लामो कार्य अनुभव रहेको छ ।

प्रतिक्रिया दिनुहोस