aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

बढ्यो सलमान खानको पारिश्रमिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०३ असोज २०७८
बढ्यो सलमान खानको पारिश्रमिक

एजेन्सी । भारतीय टेलिभिजनमा सबैभन्दा ठूलो रियालिटी कार्यक्रममध्ये एक हो, बिगबोस । बिगबोसको नयाँ सिजन सुरू हुन लागेको छ । उक्त सिजनका लागि बलिउड अभिनेता सलमान तयारीमा रहेका छन् । 

बिगबोसका धेरै सिजन सलमान खानले होस्ट गरिरहेका छन्। यसको नयाँ सिजन बिगबोस १५ मा उनी फेरि होस्ट भएर फर्किन लागेका हुन्। उनले यो कार्यक्रमको विगत ११ वटा सिजन पनि होस्ट गरेका थिए। बिगबोस चर्चामा आउनुको अर्को कारण सलमानको होस्टलाई पनि लिइन्छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार १४ हप्तासम्म चल्ने यो कार्यक्रमका लागि सलमानले यसपटक भने ठूलो रकमको पारिश्रमिक लिने भएका छन् । बिगबोस १५ होस्ट गर्न सलमानले तीन सय पचास करोड भारू पारिश्रमिक लिने भएका हुन् । योसँगै उनले आफ्नो पारिश्रमिक १५ प्रतिशतले बढ्नु पर्ने माग गरेका थिए ।  

प्रतिक्रिया दिनुहोस