
काठमाडौं । नेपाल ल्यूव आयल लिमिटेडले प्रस्ताव गरेको ३५ प्रतिशत लाभांश सुरक्षित गर्ने असोज ४ गते सोमवार अन्तिम दिन रहेको छ । कम्पनीले गत आर्थिक वर्ष ०७७/७८ को सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ३० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव सहित अन्य विविध प्रस्ताव पारित गर्न कम्पनीले असोज १८ गते ३०औं वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीको कार्यालय झम्सिखेल, ललितपुरमा विहान ११ः३० बजे भर्चुअल माध्यमबाट सभा गर्ने तयारी कम्पनीले गरेको हो । साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज ५ गतेदेखि बुक क्लोज गर्दैछ । बुक क्लोजको आधारमा कम्पनीको लाभांश प्राप्त गर्न असोज ४ गतेसम्म शेयर कायम गर्नुपर्ने भएको हो ।
सभाले गत आर्थिक वर्ष ०७७÷७८ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्दै आर्थिक वर्ष ०७८÷७९ का लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई अन्तिम रुप दिनेछ । साथै सर्वसाधारण तर्फबाट सञ्चालक नियुक्ति गर्ने प्रस्ताव पनि सभाका लागि तय भएको छ ।
प्रतिक्रिया दिनुहोस