aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

साहस उर्जाले ७० लाख कित्ता आइपीओ असोज ६ गतेदेखि निष्कासन गर्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०४ असोज २०७८
साहस उर्जाले ७० लाख कित्ता आइपीओ असोज ६ गतेदेखि निष्कासन गर्दै

काठमाडौं । साहस उर्जा लिमिटेडले असोज ६ गते देखि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले रू. ७० करोड बरावरको ७० लाख कित्ता आइपीओ निष्कासन गर्न लागेको हो । निष्कासन गर्ने कुल कित्ता मध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता शेयर कर्मचारीको लागि र ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता शेयर सामुहिक लगानी कोषको लागि छुट्याएको छ ।

 बाँकी रहको ६४ लाख ४० हजार कित्ता शेयर सर्वसाधारणले आवेदन गर्न पाउनेछन् । आइपीओ बन्द मिती छिटोमा असोज १० गते सम्म रहेको छ  । उक्त समय अवधिमा पूर्ण आवेदन नपरेमा असोज २० गते सम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओमा न्यूनतम १० कित्ता देखि अधिकतम १० लाख ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । 

कम्पनीले निष्कासन गरेको आइपीओलाई इक्रा नेपालले इक्राएनपी आईआर डबल बी प्लस रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले कम्पनीले दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँछ । सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएका सम्पूर्ण सि आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शा कार्यलयबाट र मेरो शेयर मार्फत अनलाइनबाट शेयर भर्नसक्नेछन् ।

 धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । सर्वसाधारणको लागि आइपीओ निष्कासन बाँडफाँट पश्चात कम्पनीको चुक्ता पूँजी रू. ३ अर्ब ५० करोड पुग्नेछ ।

कम्पनीले हाल सोलुखुम्बु जिल्लाको सोलुदुधकण्ड नगरपालिका र थुलुङ्गदुधकोशी गाउँपालिकामा ८६ मेगावट क्षमताको सोलु खोला दुधकोशी जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।  यस आयोजनाबाट २०७९ जेठ २० गते देखि विद्युत उत्पादन हुने सम्भावना रहेको कम्पनीले जानकारी गराएको छ । 
 

प्रतिक्रिया दिनुहोस