
काठमाडौं । साहस ऊर्जा लिमिटेडले आज (बुधबार) सर्वसाधारणका लागि साधारण शेयर(आइपीओ) विक्री शुरु भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यमा ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता प्राथमिक शेयर निष्काशन गर्न लागेको हो ।निष्कासन गर्ने कुल कित्ता मध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता शेयर कर्मचारीको लागि र ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता शेयर सामुहिक लगानी कोषको लागि छुट्याएको छ ।
बाँकी रहको ६४ लाख ४० हजार कित्ता शेयर सर्वसाधारणले आवेदन गर्न पाउनेछन् । आइपीओ बन्द मिती छिटोमा असोज १० गतेसम्म रहेको छ । उक्त समय अवधिमा पूर्ण आवेदन नपरेमा असोज २० गते सम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओमा न्यूनतम १० कित्ता देखि अधिकतम १० लाख ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीले निष्कासन गरेको आइपीओलाई इक्रा नेपालले इक्राएनपी आईआर डबल बी प्लस रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले कम्पनीले दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँछ । सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएका सम्पूर्ण सि आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शा कार्यलयबाट र मेरो शेयर मार्फत अनलाइनबाट शेयर भर्नसक्नेछन् ।
धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । सर्वसाधारणको लागि आइपीओ निष्कासन बाँडफाँट पश्चात कम्पनीको चुक्ता पूँजी रू ३ अर्ब ५० करोड पुग्नेछ ।
कम्पनीले हाल सोलुखुम्बु जिल्लाको सोलुदुधकण्ड नगरपालिका र थुलुङ्गदुधकोशी गाउँपालिकामा ८६ मेगावट क्षमताको सोलु खोला दुधकोशी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस आयोजनाबाट २०७९ जेठ २० गते देखि विद्युत उत्पादन हुने सम्भावना रहेको कम्पनीले जानकारी गराएको छ ।
प्रतिक्रिया दिनुहोस