
काठमाडौं । रू रू जलविद्युत परियोजनाले प्रस्ताव गरेको दुई आर्थिक वर्षको लाभांश सुरक्षित गर्ने असोज ६ गते अन्तिम दिन रहेको छ । कम्पनीले आर्थिक वर्ष ०७६/७७ का लागि १० दशमलव ५३ प्रतिशत नगद लाभांश र आर्थिक वर्ष ०७७/७८ को लागि १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
उक्त प्रस्ताव सहित विगत दुई आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितको वित्तीय विवरण पारित गर्न संयुक्त वार्षिक साधारण सभा असोज १६ गते बोलाएको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज ७ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा असोज ६ गतेसम्म कायम शेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन् ।
कम्पनीको भदौ ७ गतेको सञ्चालक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालय, हात्तिसार, काठमाडौंमा विहान ११ बजे भर्चुअल माध्यमबाट सभा गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस