aarthiknews.com मंगलबार, १४ जेठ २०८२   Tuesday, 27 May, 2025
 

एनएमबि म्युचुअल फण्ड अन्तर्गतका योजनाहरुको लाभांश वितरण सुरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०६ असोज २०७८
एनएमबि म्युचुअल फण्ड अन्तर्गतका योजनाहरुको लाभांश वितरण सुरु

काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई योजनाहरु एनएमबि हाइब्रिड फण्ड एल–१ र एनएमबि फिफ्टीले प्रस्ताव गरेको प्रतिफल वितरणको मिति तय गरेका छन् । एनएमबि हाइब्रिड फण्ड एल–१ ले असोज ६ गतेदेखि र एनएमबि फिफ्टीले असोज ७ गतेदेखि प्रतिफल वितरण गर्न सुरु गर्ने भएका हुन् ।  

योजना व्यवस्थापक एनएमबि क्यापिटलले सम्बन्धीत इकाईधनीहरुको बैंक खातामै प्रतिफल वापतको रकम जम्मा गर्न लागेको हो । यसर्थ हालसम्म पनि आफ्नो हितग्राही खातामा बैंक खाता अद्यावधिक नगरेका इकाईधनीहरुलाई यथासिघ्र गराउन क्यापिटलले अनुरोध गरेको छ । 

क्यापिटलको साउन ३२ गतेको सञ्चालक समितिको बैठकले एनएमबि हाइब्रिड फण्ड एल १ को लागि २० प्रतिशत र एनएमबि फिफ्टीको लागि ३० प्रतिशत कर समेत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो । दुबै योजनाकोे लाभांश प्रयोजनका लागि क्यापिटलले भदौ १८ गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा भदौ १७ गतेसम्म कायम इकाईधनीहरु मात्र प्रतिफल प्राप्त गर्न योग्य भएका हुन ।
 

प्रतिक्रिया दिनुहोस