aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

रू रू जलविद्युत परियोजनाको शेयरमूल्य ८.१५ प्रतिशत बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०६ असोज २०७८
रू रू जलविद्युत परियोजनाको शेयरमूल्य ८.१५ प्रतिशत बढ्यो

काठमाडौं । रू रू जलविद्युत परियोजनाले प्रस्ताव गरेको दुई आर्थिक वर्षको लाभांश असोज ६ गते बुधवारसम्म कायम शेयरधनीहरुले मात्र पाउनेछन् । कम्पनीले आर्थिक वर्ष ०७६÷७७ का लागि १० दशमलव ५३ प्रतिशत नगद लाभांश र आर्थिक वर्ष २०७७/७८ को लागि १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव सहित विगत दुई आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितको वित्तीय विवरण पारित गर्न संयुक्त वार्षिक साधारण सभा असोज १६ गते बोलाएको छ ।
 
साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज ७ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा असोज ६ गतेसम्म कायम शेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य भएका हुन । कम्पनीको भदौ ७ गतेको सञ्चालक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालय, हात्तिसार, काठमाडौंमा विहान ११ बजे भर्चुअल माध्यमबाट सभा गर्ने निर्णय गरेको हो । 

लाभांश सुरक्षित गर्ने अन्तिम दिन बुधवार कम्पनीको रू. ८२ लाख ३५ हजार ७८७ बराबरको ६ हजार ३२४ कित्ता शेयर कारोबार भएको छ । कम्पनीको शेयरमूल्य पनि यो दिन ८ दशमलव १५ प्रतिशत बृद्धि भएको छ । प्रतिकित्ता रू. १०० ले बढेर अन्तिम मूल्य रू. १ हजार ३२७ कायम भएको छ । यो दिन कम्पनीको शेयरमूल्य न्यूनतम रू. १ हजार २३० देखि अधिकतम रू. १ हजार ३४७ कायम भएको थियो ।
 

प्रतिक्रिया दिनुहोस