aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

ज्योति लाईफ इन्स्योरेन्स पाँचौ वर्षमा प्रवेश

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०८ असोज २०७८
ज्योति लाईफ इन्स्योरेन्स पाँचौ वर्षमा प्रवेश

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड आजबाट पाँचौँ वर्षमा प्रवेश गरेको छ । २०७४ आश्विन ८ गतेबाट औपचारिक रुपमा व्यवसाय शुभारम्भ गरेको यस ज्योति लाईफ आजबाट चौथो वर्ष सफलताका साथ पुरा गरि पाँचौ वर्षमा प्रवेश गरेको हो । 

चार वर्षको अवधिमा कम्पनीले ७३ जिल्लाको विभिन्न भागमा १२३ वटा शाखा संजालबाट सेवा प्रवाह, सर्वाधिक ३५ वटा घातक रोग विरुद्ध ५० लाख सम्मको आर्थिक सुरक्षा दिने एक मात्र कम्पनी, विभिन्न १० किसिमका आकर्षक जीबन बीमा योजना जारी, कुल रु.७ अर्ब लगानीका साथै आर्थिक वर्ष २०७७/७८ मा ३.१० अर्ब रुपैयाँ कुल बीमा शुल्क सहित हाल सम्म ६.९० अर्ब रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । 

त्यस्तै, यस कम्पनीले चार वर्षको अवधिमा १० हजार भन्दा बढी सक्रिय अभिकर्ता, ९० हजार भन्दा बढी बीमित, सर्वसाधारणलाइ ६६ करोडको शेयर जारी गरी कुल चुक्ता पुँजी २२० करोड कायम,  ४ अर्बको जीबन बीमा कोष कायम र क्ष्क्इ ढण्ण्ज्ञस्द्दण्ज्ञछ गुणस्तर चिन्ह प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ । 

प्रतिक्रिया दिनुहोस