काठमाडौं । पञ्चकन्या समूहद्वारा निर्माण कार्यमा प्रयोग हुने “ग्यालभनाइज्ड डेकिङ्ग” सिट नेपाली बजारमा विक्री वितरण गर्दै आएको छ । विश्वमै निर्माण क्षेत्रमा व्यापक रुपमा प्रचलनमा आइरहेको यस सिट मजबुत भरपर्दाे र निर्माण गर्न छिटो छरितो समेत रहेको छ ।
यसलाई निर्माण कार्यमा स्थाई रुपमा प्रयोगमा ल्याउन सकिने र मुल्यमा समेत किफायति रहेको छ । तौलमा हलुका विशेषता रहेका यि सिटहरु मजबुत, खिया नलाग्ने र वाटरप्रुफ समेत रहेको यसको प्रमुख विशेषता भएको कम्पनीले दावी गरेको छ ।
कंक्रिट राम्रोसँग टासिएर बस्ने र ढलानको स्ल्याबको मोटाइलाई कम गर्न समेत मद्दत गर्दछ जसले गर्दा भवनलाई भार कम पर्दछ साथै, यसको प्रयोगले मर्मत सम्भार गरिरहनु पर्ने झन्झट रहदैन, आवश्यकता अनुसार साइजमा उपलब्ध हुने यी निर्माण सामाग्री नेपाल भरी नै उपलब्ध हुने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस