aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

माइबेनी जलविद्युतको व्यापारिक उत्पादन शुरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०८ असोज २०७८
माइबेनी जलविद्युतको व्यापारिक उत्पादन शुरु

काठमाडौं । उर्जा डेभलपर्सको सम्बद्ध संस्था सामलिङ्ग पावर कम्पनीद्वारा ईलाम जिल्लामा निर्माण सम्पन्न ९.५१  मेगावाट क्षमताको माइबेनी जलविद्युत आयोजनाले यहि आश्विन १ गतेदेखि व्यापारिक उत्पादन शुरु गरेको छ । ऊर्जा डेभलपर्सको नेपालमा नवीकरणीय उर्जा विकास गर्ने उद्देश्यको पहिलो सफलताको रुपमा माईबेनीले विद्युत खरीद बिक्री सम्झौता (पीपीए) बमोजिम व्यापारिक उत्पादन शुरु गर्नुपर्ने मितिभन्दा दुई महिना अगावै व्यापारिक उत्पादन आरम्भ गरेको हो ।

नेपाल विद्युत प्राधिकरणको प्रतिनिधिको रोहवरमा विभिन्न चरणको परीक्षणका कार्यहरु सम्पन्न गर्नुका साथै १५ दिनको परीक्षण उत्पादन समेत सफलतापूर्वक सम्पन्न गरे पश्चात माईबेनी जलविद्युत आयोजनाले व्यापारिक उत्पादन आरम्भ गरेको हो । यसका साथै माईबेनीले वार्षिक ५३।२८ गिगावाट घण्टा विद्युतीय उर्जा राष्ट्रिय प्रणालीमा थप योगदान गर्ने भएको छ ।

माइबेनी जलविद्युत आयोजनाले प्रभावित क्षेत्रका वासिन्दाका लागि मिति २०७८ भाद्र १८ गतेदेखि मिति २०७८ आश्विन १ गतेभित्र आवेदन दिन सकिने गरी निष्काशन तथा बिक्रीका लागि खुल्ला गरिएको पाँच लाख कित्ता आईपीओमा लक्ष्यभन्दा ३.६३ गुणा बढी आवेदन प्राप्त भएको छ ।  

त्यस्तै, आयोजनाको कुल १२ लाख ३० हजार कित्ता साधारण शेयर (आईपीओ) मध्ये थप ७ लाख ३० हजार कित्ता शेयर समेत खुल्ला गर्ने योजना रहेकोमा कर्मचारीका लागि १४ हजार ६ सय, सामूहिक लगानी कोष (मयुचुअल फण्ड)का लागि ३६ हजार पाँच सय र सर्वसाधारणका लागि ६ लाख ७८ हजार नौसय कित्ता शेयर प्रभावित क्षेत्रमा वासिन्दाका लागि छुट्याइएको आईपीओको बाँडफाँड कार्य सम्पन्न गरे पश्चात निष्काशन तथा बिक्री खुल्ला गरिनेछ । 

प्रतिक्रिया दिनुहोस