
काठमाडौं । प्राइम लाईफ इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट १५ दशमलव ८७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको असोज ८ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ८७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको प्रस्तावित यो लाभांश विमा समितिको स्वीकृति पश्चात आगामी साधारण सभाले पारित गरेपछि मात्र वितरणयोग्य हुनेछ ।
प्रतिक्रिया दिनुहोस