
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आज देशका विभिन्न स्थानमा विद्युत कटौती गर्ने भएको छ । प्राधिकरणले जारी गरेको सूचनाका अनुसार विद्युत मर्मत सम्भारका लागि भन्दै देशका विभिन्न स्थानमा विद्युत कटौती गर्ने भएको हो । प्राधिकरणका अनुसार प्रदेश-१, प्रदेश-२, वाग्मती र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा बिहान ७:३० देखि साँझ ५ सम्म विद्युत कटौती हुने बताएको छ ।
त्यस्तै काठमाडौं उपत्यकाभित्र कीर्तिपुर वितरण केन्द्र अन्तर्गत फर्पिङ फिडर आसपासमा तार नजिकका रुखका हाँगा काट्ने तथा ढलेका पोल मिलाइने भएकाले दक्षिणकाली नगरपालिका (खहरे, चान्लखेल, बाँसबारी, पाखाचोक, राम्चे भन्ज्यांग, फर्पिङ बजार, टल्कु, छैमले) क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो साढे २ बजेसम्म विद्युत कटौती हुने प्राधिकरणले जनाएको छ ।
यस्तै गुल्मी वितरण केन्द्र अन्तर्गत जैसीथोक, इस्मा र वास्तु फिडर अन्तर्गतका क्षेत्रमा बुस कटिङका लागि बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म विद्युत कटौती हुने भएको छ ।
यस्तै निजगढ वितरण केन्द्र, धादिङको आरूघाट वितरण केन्द्र अन्तर्गतको धादिङवेसीदेखि सल्यानटार फिडर तथा इटहरी वितरण केन्द्र अन्तर्गत पकली फिडर क्षेत्रमा पनि मर्मत सम्भार तथा रुख काट्न विद्युत अवरुद्ध गरिने प्राधिरणले जारी गरेको सूचनामा जनाइएको छ ।
सूचना
प्रतिक्रिया दिनुहोस