aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

दशैंको मुखमा सार्वजनिक सवारी साधनमा नयाँ भाडा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०९ असोज २०७८
दशैंको मुखमा सार्वजनिक सवारी साधनमा नयाँ भाडा

काठमाडौं । सरकारले शनिबारदेखि लागू हुने गरी सार्वजनिक सवारी साधनमा नयाँ भाडादर कार्यान्वयनमा ल्याउने भएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय मातहतको यातायात व्यवस्था विभागले देशभर नयाँ भाडादर कार्यान्वयमा गर्ने जनाएको हो । 

विगतमा सार्वजनिक सवारी साधनको भाडादर निर्धारण गर्दा इन्धनको अंश ३५ प्रतिशत र अन्य सूचकको अंश ६५ प्रतिशत मानी निर्धारण गरिएको तर हाल पेट्रोल र डिजलको मूल्यसमेत वृद्धि भएकाले नयाँ भाडादर कायम गरिएको विभागले जनाएको छ ।

 विभागले यात्रुबहाक सवारीमा २८ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालबहाक सवारी साधनमा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २६ प्रतिशत भाडा वृद्धि गरेको विभागले जनाएको छ ।

 भाडा निर्धारण गर्दा अन्य सूचकलाई यथावत राखी ‘क्याल्कुलेसन चार्ट’ मा इन्धनको सूचकलाई मात्र हालको मूल्यको आधार लिई भाडा समायोज गरेको विभागले उल्लेख गरेको छ । भाडादर समायोजन गर्ने निर्णयअनुसार आजदेखि लागू हुने गरी भाडादर समायोजन गरिएको विभागले स्पष्ट पारेको छ ।

अब छोटो, मध्यम र लामो दूरीका सार्वजनिक यातायातमा छट्टाछुट्टै भाडादर कायम हुने भएको छ । विभागले देशभरका २८६ रुटको भाडादर समायोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस