aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

साहस उर्जाको आईपीओ खरिद गर्ने आज अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १० असोज २०७८
साहस उर्जाको आईपीओ खरिद गर्ने आज अन्तिम दिन

काठमाडौं । असोज ६ गतेबुधवारदेखि सार्वजनिक निष्कासनमा आएको साहस उर्जा लिमिटेडकोे आईपीओ खरिद गर्ने आज अन्तिम दिन रहेको छ । शुक्रवारसम्म कम्पनीको आईपीओ खरिदका लागि मागभन्दा करिब ४ गुणा बढी आवेदन परिसकेको यो आईपीओ छिटो अवधिसम्म मात्र विक्रीमा रहने भएको हो । कम्पनीले रू. ७० करोड बरावरको ७० लाख कित्ता आइपीओ सर्वसाधारणमा वितरण गर्न लागेको हो ।

निष्कासन गर्ने कुल कित्ता मध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता शेयर कर्मचारीको लागि र ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता शेयर सामुहिक लगानी कोषको लागि छुट्याएको छ । बाँकी रहको ६४ लाख ४० हजार कित्ता शेयर सार्वजनिक निष्कासनमा आएको हो । 

यो आईपीओ खरिदका लागि न्यूनतम १० कित्ता देखि अधिकतम १० लाख ५० हजार कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था छ । कम्पनीले निष्कासन गरेको आइपीओलाई इक्रा नेपालले इक्राएनपी आईआर डबल बी प्लस रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले कम्पनीले दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँछ । यो शेयर खरिदका लागि सर्वसाधारणले सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखाकार्यालयसँगै मेरो शेयर मार्फत पनि आवेदन दिन सक्नेछन् । धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस