aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

‘युवासँग महालक्ष्मी लाईफ’ राष्ट्रिय बीमा जागरण जिल्ला कमिटि गठन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १० असोज २०७८
‘युवासँग महालक्ष्मी लाईफ’ राष्ट्रिय बीमा जागरण जिल्ला कमिटि गठन

काठमाडौं । महालक्ष्मी लाईफको पूर्व घोषणा बमोजिम रौतहट र बारा जिल्लामा राष्ट्रिय बीमा जागरण जिल्ला कमिटि गठन गरेको छ । रौतहट जिल्लामा राजेश कुमार शाहको संयोजकत्वमा ११ सदस्यिय राष्ट्रिय बीमा जागरण जिल्ला कमिटि गठन भएको हो । 

रौतहटको दुर्गा भगवती गाउपालिका सामूदायिक भवनमा  एक कार्यक्रम विच राष्ट्रिय बीमा जागरण जिल्ला कमिटिको गठन गरिएको हो । उक्त कार्यक्रममा ४० जनाको सहभागिता रहेको थियो । 

शंभु सिहंको अध्यक्षतामा संचालन भएको कार्यक्रममा महालक्ष्मी लाईफका क्षेत्रिय प्रमुख दिगम्बर प्रसादले प्रशिक्षण दिएका थिए । बीमा जागरण राष्ट्रिय अभियानका केन्द्रिय सदस्य रिषिकान्त गुप्ता, रामाशंकर प्रसाद यादव र गाउँपालिका वडा नं ३ का अध्यक्ष डिके झाले बीमा जागरणको महत्व बारेमा प्रकाश पारेका थिए । 

त्यसैगरी बारा जिल्लाको निजगढमा एजेन्सी म्यानेजर विनोद खरेलको संयोजकत्वमा २१ सदस्यिय बारा जिल्ला राष्ट्रिय बीमा जागरण कमिटि गठन गरिएको छ । उक्त नवगठित कमिटिको अग्रसरतामा गौरीशंकर क्याम्पस, निजगढमा आज  बीमा जनजागरण तथा सचेतना कार्यक्रम सञ्चालन भएको हो । 

प्रतिक्रिया दिनुहोस