aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

शिवमको लाभांश पारित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०९ बैशाख २०७६
शिवमको लाभांश पारित

शिवम् सिमेण्ट्सको साधारणा सभाले १५ दशमलब ७८९५ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । सोमबारको साधारणसभाले उक्त लाभांश प्रस्ताव पारित गरेको हो । फागुनमा सर्वसाधारणलाई प्रिमियम मूल्यमा आईपीओ निष्कासन गरेकोको  कम्पनीले सर्वसाधारणलाई लाभांश दिएको हो । 

कम्पनीका अध्यक्ष सुरेन्द्र कुमार गोयलले लगानीकर्तालाई आगामि दिनमा पनि लाभांश दिने गर्ने घोषणा गरेका थिए । सोमबार सम्पन्न सभामार्फत आगामी चार वर्षे कार्यकालका लागि सर्वसाधारण शेयरधनीहरुको तर्फबाट अल्का गोयल निर्विरोध निर्वाचित भएकी छिन् । 

कम्पनीले गत वर्षको अन्त्यसम्ममा १ अर्ब १४ करोड ३२ लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आर्थिक वर्षका तुलनामा करिब ४१ प्रतिशत बढी हो । त्यस्तै विक्रीबाट ३९ दशमलव ४० प्रतिशत गत वर्ष आम्दानी गर्न सफल भएको छ । गत वर्षको अत्यसम्म कम्पनीले विक्रीबाट  १० अर्ब २६ करोड ५० लाख ६४ हजार रुपैयाँ आम्दानी गरेको कम्पनीले जनाएको छ ।  सर्वसाधारणलाई शेयर विक्रि गरेपछि चुक्तापूँजी ४ अर्ब ४० करोड रुपैयाँ  भएको छ । 

प्रतिक्रिया दिनुहोस