
काठमाडौं । अमेरिकाको डीयर एण्ड कम्पनीको सहायक कम्पनी जोन डीयर इण्डीया (जीडीआइपीएल) ले ५० एचपी फोर हवील ड्राइभ नयाँ ट्रयाक्टर नेपालमा ल्याएको छ । विक्रेता विवेक अटोमोबाईल्स नेपालका आधिकारीक विक्रीता रहने गरि उक्त ट्रयाक्टर नेपालको बजारमा भित्र्याएको हो ।
यो ट्याक्टर अत्याधुनिक प्रविधि सहितको विभिन्त विशेषता भएको हुनाले किसान समुदायको उत्पादकत्व बढाई आम्दानी बढाउने कम्पनीले दावी गरेको छ । कम्पनीले यसै समारोह बिच जोन डीयरको दशौं हजार नम्बरको ट्याक्टर नेपाली उपभोक्तालाई हस्तान्तरण गरेको कम्पनीले दावी गरेको छ ।
उक्त समारोहमा ज्ञण्ज्ञद्द का विक्री तथा मार्केटिङ्ग निर्देशक ’सत्यन शाह’ ज्यूले हाम्रो किसान उपभोक्ता तथा नेपालको लागि आधिकारिक विक्रेता विवेक अटोमोबाईल्ससँगको लामो सहयात्रामा यो एकदमै ऐतिहासिक क्षण भएको कुरा बताए । ट्र्याक्टरको विशेषता तथा उपभोक्ता मैत्री सेवाले नै सफलता हात लागेको अनि विवेक अटोमोवाईल्सको देशै भरी छरिएर रहेका विक्री तथा सेवा केन्द्रहरुको पनि सफलतामा देन रहेका कुरा बताए ।
जोन डियर आफ्नो उच्च उद्देश्य ‘ वि रन सो लाइफ क्यान लिप फरवार्ड’ को साथ संसार भरीको किसान समुदायको लागी उसको कृषि उत्पादकता र आय बढाउनका लागि प्रविधिको रुपमा उत्कृष्ट उत्पादन र सेवाहरुका लागी प्रतिवद्ध रहेको छ ।
जोन डियरले कृषी श्रृद्खला एकिकृत समाधान प्रदान गरेर बिश्वकै धेरै क्षेत्रहरुमा कृषि पद्धतिहरुको आधुनिकिकरणमा नेतृत्व गरीरहेको छ । किसानहरुलाई कृषि उद्यमीको एक स्तरमा रुपान्तरण गर्न जोन डियरले विश्वासको साथ दृढतापुर्वक निर्वाह गरीरहेको छ ।
डीयर एण्ड कम्पनी, संसारमै अत्याधुनिक प्रविधियुक्त वस्तु उत्पादन गर्ने तथा उपभोक्तालाई उत्कृष्ट सेवा दिने कम्पनीको रुपमा सु–परिचित छ । सन् १८३७ देखि नै जोन डीयरले उत्कृष्ट विशेषतायुक्त नविनतम वस्तुहरु (खेतीपाती तथा कन्सट्रक्सन क्षेत्रका लागि) विश्व बजारमा ल्याउदै आएको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस