
काठमाडौं । एमर्जिङ्ग नेपाल लिमिटेडले प्रथम वार्षिक साधारण सभा कात्तिक १२ गते बोलाएको छ । कम्पनीको असोज ४ गतेको सञ्चालक समितिको बैठकले एभरेष्ट होटल , नयाँ बानेश्वर, काठमाडौंमा दिउसो ३ः३० बजे सभा बोलाएको हो । सभाले आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्ष ०७८/७९ को लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्गो लगाउनेछ ।
साथै कम्पनीको रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तनको विषय पनि सभाको लागि तय भएको छ । कम्पनीले प्रतिशेयर रू. १०० अंकित दरको ५ लाख ५५ हजार ६०० कित्ता आईपीओ निष्कान गर्ने तयारी गरेको छ । यसका लागि कम्पनीले विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस