
काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको असोज १३ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी २४ करोड २१ लाख २१ हजार रुपैयाँ रहेको छ । सोही पूँजीको आधारमा नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण गर्ने निर्णय कम्पनीले गरेको हो ।
प्रतिक्रिया दिनुहोस