aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

रसुवागढीको आइपीओमा ९५ लाख ७३ हजार ४१० कित्ताको लागि आवेदन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०९ बैशाख २०७६
रसुवागढीको आइपीओमा ९५ लाख ७३ हजार ४१० कित्ताको लागि आवेदन

 काठमाडौं ।  रसुवागढी जलविद्युतको आईपीओमा ९५ लाख ७३ हजार ४१० कित्ताको लागि आवेदन परेको छ ।  सोमबार ५ बजे सम्ममा १ लाख ५५ हजार ६७३ जना आवेदकले ९५ लाख ७३ हजार ४१० कित्ताको लागि आवेदन परेको हो । विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार माग गरेको अनुसार आवेदन परेको जनाएको छ । 

रसुवागढीले कुल १ करोड २ लाख ६३ हजार १५० कित्ता आईपीओ मध्य ४ लाख १३ हजार १५७ कित्ता कम्पनीका कर्मचारीहरुलाई सुरक्षित गरीे ५ लाख १३ हजार १५७ कित्ता म्युचुअल फण्डहरुलाई बाँडफाँट पश्चात बाँकी ९३ लाख ३९ हजार ४६७ कित्ता शेयर सर्वसाधारणका लागि जारी गरेको हो ।

प्रतिकित्ता न्यूनतम मूल्य  १०० रुपैयाँ रहेको रसुवागढीको आईपीओ खरिदका लागि न्यूनतम १० कित्ता देखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । रसुवागढीको आइपीओको आवेदन दिन पाउने समय मंगलबारसम्म रहेको छ । 

प्रतिक्रिया दिनुहोस