aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

बुद्धभुमि नेपाल हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १४ असोज २०७८
बुद्धभुमि नेपाल हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । असोज ११ गतेसोमवार देखि सार्वजनिक निष्कासनमा आएको बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीको आईपीओमा तेस्रो दिनसम्म मागभन्दा २७ गुणा बढी आवेदन परेको परिसकेको छ । मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधिभित्र विक्री बन्द गर्न लागिएको हो । 

कम्पनीले सर्वसाधारणका लागि ७ लाख ४४ हजार रुपैयाँ कित्ता शेयर सार्वजनिक निष्कासनमा ल्याएको हो । ८ करोड बराबरको ८ लाख रुपैयाँ कित्ता आईपीओमध्य २ प्रतिशत दरको १६ हजार कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत दरको ४० हजार रुपैयाँ कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरेको छ । 

आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । आईपीओ विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै धितोपत्र बोर्डबाट आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर मार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । 

कम्पनीको यो आईपीओलाई इक्रा नेपालले वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम जोखिमको संकेत गर्ने इक्राएनपी आईआर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । 
कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गर्नुअघि आयोजना प्रभावित नुवाकोट जिल्लाका स्थानियका लागि गत साउन ३२ गतेदेखि भदौ १५ गतेसम्म आईपीओ विक्री गरी भदौ ३१ गते बाँडफाँट गरेको थियो । कम्पनीले स्थानिय सहित सर्वसाधारणमा प्रतिशेयर १०० अंकित मूल्यको १२ लाख रुपैयाँ कित्ता साधारण शेयर निष्कासनका लागि अनुमति पाएकोमा पहिलो चरणमा ४ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुमा बाँडफाँट गरेको हो ।

कम्पनीले नुवाकोट जिल्लामा तल्लो तोदी खोलाको पानीबाट ४ दशमलव ९९३ मेगाबाट क्षमताको तल्लो तोदी खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस आयोजना निर्माणको कुल लागत रू. १ अर्ब १९ करोड रहेको छ । कम्पनीको आर्थिक वर्ष २०७७/७८ को अपस्किृत वित्तिय विवरण अनुसार प्रतिशेयर आम्दानी १२ दशमलव ५६ ऋणात्मक र प्रतिशेयर नेटवर्थ ७१ दशमलव ४९ रहेको छ । उक्त अवधिसम्म कम्पनीले  ३ करोड ६८ लाख ३२ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ ।


 

प्रतिक्रिया दिनुहोस