aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

जगदम्बा मोटर्सले एनटर्कियन राइडको आयोजना गर्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १४ असोज २०७८
जगदम्बा मोटर्सले एनटर्कियन राइडको आयोजना गर्दै

काठमाडौं । टिभियस मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्राइभेट लिमिटेडले आफ्नो एनटर्क परिवारमा ५० हजार सदस्यहरु पुगेको माइलस्टोनलाई मनाउनको लागि सबै एनटर्किएनको निम्ति एक सेलिब्रेसन राइडको आयोजन गरेको छ ।  

यो राइड असोज १६ गते नक्सालको टिभियस शोरुम देखि धुलिखेलको मिराबेल रिसर्ट होटल सम्म हुने छ । भेन्युमा पुगे लगत्तै लाइभ म्युजिक, मनोरन्जक खेलहरु र सहभागीहरु संग एक अन्तरक्रियात्मक सत्रको पनि आयोजना गरिएको छ । 

यो सेलिब्रेसनको मुख्य उद्देश्य भनेको सबै एनटर्किएनहरुलाई एकै ठाउँमा ल्याउने र एक एनटर्किएन क्लबको गठन गर्नु हो । यसले सबै राइडरहरुलाई एक अर्का संग जुड्नका लागी र आफ्नो एनटर्किएन अनुभव एक अर्कासँग बाडँ्न मद्दत गर्दछ । 

लाइसेन्स भएका सबै एनटर्किएनहरुले जगदम्बा मोटर्स टिभियसको आधिकारिक फेसबुक पेजको माध्यमबाट अनलाइन दर्ता गरेर यस सेलिब्रेसन राइडमा भाग लिन सक्नेछन्। यो राइड सबै सुरक्षा प्रोटोकलहरुलाई अप्नाएर आयोजना गरिदैछ । 
 

प्रतिक्रिया दिनुहोस