
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले प्रस्ताव गरेको लाभांश स्वीकृत भएको छ । कम्पनीले चुक्ता पूँजीको १६.५० प्रतिशत बोनश शेयर र २.५० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो । बीमा समितिले सो कम्पनीबाट प्रस्ताव भएअनुसार १९ प्रतिशत लाभांश वितरणका लागि स्वीकृति दिएको हो ।
यससँगै नेपाल पुनर्बीमा कम्पनीको साधारणसभा गर्ने बाटो पनि खुलेको छ । यसअघि पटक पटक लाभांश घोषणा गर्दै सो अनुसारको वितरण स्वीकृती नपाउँदा सो कम्पनीले साधारण सभा गर्न पाएको थिएन् । अब भने कम्पनीले साधारणसभाको मिति सार्वजनिक गर्नेछ ।
नेपाल पुनर्बीमा कम्पनीले पहिलो पटक वितरण गर्न लागेको लाभांश निकै आकर्षक छ । यसको सञ्चालक समितिले असार ६ गते बसेको बैठकबाट २० प्रतिशत लाभांश घोषणा गरेको भए पनि यसमा स्वीकृति नपाएपछि भदौ २३ गते परिमार्जन गरेर १९ प्रतिशतमा झारेको थियो ।
प्रतिक्रिया दिनुहोस