aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

रिडी हाइड्रोपावरको लाभांश घोषणा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १४ असोज २०७८
रिडी हाइड्रोपावरको लाभांश घोषणा

काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले यस वर्ष कर समेत १२ दशमलव ६ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको असोज १४ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो ।  

हाल कम्पनीको चसक्तापूँजी ५८ करोड ५५ लाख ५८ हजार रहेको छ । सोही पूँजीको आधारमा आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि उक्त नगद लाभांश वितरण गर्ने निर्णय कम्पनीले गरेको छ । 

लाभांश प्रस्ताव सहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले कात्तिक १२ गते २०औं वार्षिक साधारण सभा बोलाएको छ । सभा भर्चुअल माध्यमबाट गर्ने तयारी कम्पनीको छ ।
 

प्रतिक्रिया दिनुहोस