aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

सिवाइसी नेपाल लघुवित्तले आईपीओ निष्कासनका लागि बोर्डमा दियो निवेदन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १४ असोज २०७८
सिवाइसी नेपाल लघुवित्तले आईपीओ निष्कासनका लागि बोर्डमा दियो निवेदन

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले प्रति कित्ता १०० रुपैयाँ दरको कुल ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ निष्कासनका लागि बोर्डमा असोज ११ गते बोर्डमा निवेदन दर्ता गराएको हो । कम्पनीको आईपीओ विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । 

हाल संस्थापक समुहको ६७ दशमलव ५० प्रतिशत शेयर स्वामित्व रहेको कम्पनीको चुक्तापूँजी रू. ८ करोड २१ लाख ८ हजार रहेको छ । कम्पनीमा १ वटा संस्था सहित ९९ जना संस्थापक शेयरधनीहरुको पूँजी लगानी गरेको छ । कम्पनीले हाल ३७ वटा शाखा कार्यालयहरु मार्फत राष्ट्रिय स्तरमा ४७ हजार भन्दा बढी विपन्न परिवारलाई समूहमा आवद्ध गरी वित्तीय सेवा दिंदै आईरहेको छ ।

विगत २१ वर्ष देखि नेपाल राष्ट्र बैंकबाट वित्तीय मध्यस्थ कर्ताको कारोवार गर्ने इजाजत लिई लघुवित्तीय कारोबार गर्दै आईरहेको चारतारे युवा क्लब, नेपालले नेपाल राष्ट्र बैंकबाट सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नाममा मिति २०७५ साल माघ २८ गते ईजाजतपत्र प्राप्त गरी मिति २०७५ चैत १ गतेका दिनदेखि व्यवसायिक कारोबार सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस