
काठमाण्डौं । छिमेकी मूलुकबाट भित्रिने तरकारी विषाधी युक्त रहेकोे हल्ला मात्र फैलाएको छ । सरकारले भारतबाट तरकारी तथा फलफूल पैठारी गर्दा सम्बन्धित भन्सार बिन्दुमा क्वारेन्टाइन र जीवनाशक विषादीको अवशेष परीक्षण अनिवार्य रूपमा गर्नुपर्ने निर्णय फिर्ता लिएपछि उपभोक्ताले बजारमा आउने तरकारी तथा फलपूmलमा विषादी नै रहेको हल्ला फैलाएका छन् ।
कालिमाटीस्थित विषादी प्रयोगशाला केन्द्रका नायब प्राविधिक सहायक जागेश्वर शर्माले तरकारी तथा फलपूmल विषादी परीक्षण गर्दा सबै प्रकारका तरकारी खानयोग्य नै रहेको बताए ।
प्राविधिक शर्माले बजारमा आएका तरकारी तथा फलफूल खानमा कुनै शंका नगरे हुने बताए । कालीमाटी तरकारी बजार विषादी परीक्षण शाखाले दिएको जानकारी अनुसार चालू आर्थिक वर्ष बजारको विषादी परीक्षण शाखाले गरेको अध्ययनमा २ हजार ९३४ नमुनामध्ये ४ वटा नमुनामात्र खानका लागि अयोग्य देखिएका छन् ।
प्राविधिक शर्माका अनुसार ताजा तरकारी तथा फलपूmलमा ३५ प्रतिशतसम्म विषादी अवशेष हुँदा खान मिल्ने हुन्छ । यस्तै, ३५ देखि ४५ प्रतिशत विषादी अवशेष पाइएमा चारदेखि पाँच दिन खुला राखेर खान मिल्छ । यसैगरी, उनले तरकारी तथा फलपूmलमा ४५ प्रतिशतभन्दा माथि विषादीका अवशेष पाइएका खान नमिल्ने बताए । शर्माले परीक्षण रिर्पाेटअनुसार हाल बजारमा आउने तरकारीमा मात्राभन्दा बढी विषादी अवशेष नभएको बताए । शर्माले तरकारी तथा फलपूmलमा ३५ भन्दा तलसम्म विषादी अवशेष पाइए खाँदा फरक नपर्ने बताए ।
कालिमाटीस्थित विषादी प्रयोगशाला केन्द्रले २ हजार ९ सय ३४ वटा नमुना परीक्षण गरेकोमा चारवटा नमुना खान नमिल्ने पाइएका छन् । प्रयोगशाला केन्द्रले चालू आव २०७५/७६ को २९ असारसम्मको तथ्यांकअनुसार गत पुस र माघमा चारवटा नमुनामा खान नमिल्ने विषादी परीक्षण रिपोर्टले देखाएको छ ।
रिपोर्टअनुसार चारवटा नमुनामा खान नमिल्ने विषादी पाइएको मध्ये दुईवटा नमुना केही दिन पर्खेर खान मिल्ने र दुईवटा नमुना नष्ट नै गर्नुपर्ने पाइएको थियो ।
२०७१ असार ४ गतेबाट कालीमाटी तरकारी बजारमा विषादी परीक्षण सुरु गरिएको हो । विषादी परीक्षण सुरु भएको ५ वर्षमा पहिलो वर्ष र आव २०७३/७४ मा विषादीयुक्त तरकारीको मात्रा बढी देखिएको थियो । विषादी परीक्षण शाखाको दिएको जानकारी अनुसार पहिलो महिना नै १६ प्रतिशत नमुनामा विषादी उच्च देखिएको थियो ।
।
यो वर्ष तरकारी तथा फलपूmलमा अत्यधिक विषादी प्रयोग गरेको तरकारी बजारमा आएको थियो । सो एक महिनाका विषादी परीक्षणमा कालिमाटी तथा फलफूल तरकारी बजार भित्रिएको तरकारीमा १३.९० प्रतिशत विषादी पाएको थियो । यस्तै, ३.२१ प्रतिशत केही दिन राखेर खान मिल्ने विषादीका अवशेष पाएको थियो । शर्माले यसपछि निरन्तर तरकारी तथा फलपूmलमा विषादी परीक्षण गर्न थालेपछि घट्दै गएको कालिमाटी विषादी परिक्षण बताए ।
प्रतिक्रिया दिनुहोस