aarthiknews.com विहीबार, १६ जेठ २०८२   Thursday, 29 May, 2025
 

स्कोडाको दशैं अफरः मासिक किस्ता २९ हजारमा स्कोडा कुशाक किन्न पाइने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १५ असोज २०७८
स्कोडाको दशैं अफरः मासिक किस्ता २९ हजारमा स्कोडा कुशाक किन्न पाइने

काठमाडौं । नेपालका लागि युरोपेली कार ब्रान्ड स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले दसैंतिहार लक्षित ग्राहक योजना सार्वजनिक गरेको छ । ड्राइभ इन फेस्टिभ ह्विथ स्कोडा कुशाक नाम दिइएको यो योजनाअन्तर्गत ग्राहकले न्युनतम २९ हजार रुपैयाँ मासिक किस्तामा नयाँ स्कोडा कुशाक खरिद गर्न सकिने गरि योजना सार्वजनिक गरेको हो । 

अब ग्राहकले ५० प्रतिशत डाउनपेमेन्ट गरी मात्र ९ प्रतिशत ब्याजदरमा नयाँ कुशाक चढ्न पाइने कम्पनीले जानकारी दिएको छ ।  नेपाल बजारले निकै रुचाएको नयाँ स्कोडा कुशाकको खरिद सहज बनाउन एमएडब्लुले यो दसैं योजना ल्याएको हो । 

सात वर्ष ऋण अवधि हुने योजनामा पहिलो एक वर्ष ब्याजदरमा कुनै परिवर्तन हुने छैन । ¥यापिड र क्यारोकमा पनि एमएडब्लुले विशेष योजना ल्याएको छ । ग्राहकले हरेक स्कोडाको खरिदमा निःशुल्क बिमा, निःशुल्क एसेसोरिज, १ वर्षको निशुल्क सडक कर र अन्य आकर्षक उपहार समेत रहेको छ ।   

नेपालमा हाल एक्टिभ, एम्बिसन तथा स्टाइल गरी कुशाकका तीन भेरियन्ट उपलब्ध छ । विश्वमै लोकप्रिय टिएसआई प्रविधि भएको १.० लिटरको इन्जिनले ११५ पीएस पावर र १७८ एनएम टर्क उत्पन्न गर्छ जुन सेग्मेन्टमै सबैभन्दा उत्कृष्ट हो । 

दुई महिनाअघि सार्वजनिक गरिएको स्कोडा कुशाकलाई कारपारखीमाझ स्थापित भइसकेको छ ।  बिल्ड क्यालिटी, सिम्प्ली क्लेभर फिचर, बेजोड सुरक्षा र ड्राइभिंग फनका कारण स्कोडाका कार निकै लोकप्रिय छन् । 
 

प्रतिक्रिया दिनुहोस