aarthiknews.com बुधबार, १५ जेठ २०८२   Wednesday, 28 May, 2025
 

सानिमामाई हाइड्रोपावरको १०.५३ प्रतिशत लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १७ असोज २०७८
सानिमामाई हाइड्रोपावरको १०.५३ प्रतिशत लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

काठमाडौं । सानिमामाई हाइड्रोपावर लिमिटेडले प्रस्ताव गरेको १० दशमलव ५३ प्रतिशत लाभांश सुरक्षित गर्ने असोज १७ गते आइतवार अन्तिम दिन रहेको छ । यस वर्ष कम्पनीले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले कात्तिक ११ गते दशौं वार्षिक साधारण सभा आव्हान गरेको छ । 

कम्पनीको भदौ २४ गतेको सञ्चालक समितिको बैठकले सेलिब्रेसन हाईट, सुकेधारा चोक, काठमाडौंमा विहान ११ बजेदेखि भर्चुअल माध्यमबाट सभा गर्ने निर्णय गरेको हो । उक्त सभा प्रयोजनका लागि असोज १८ गते एक दिन बुक क्लोज गर्ने भएकाले असोज १७ गतेसम्म कायम शेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुने भएका हुन । हाल कम्पनीको चुक्तापूँजी २ अर्ब ८० करोड ८४ लाख १० हजार  रुपैयाँ रहेकोमा बोनस पश्चात यो पूँजी बृद्धि भई ३ अर्ब ८ करोड ९२ लाख ५१ हजार रुपैयाँ पुग्नेछ । 
 

प्रतिक्रिया दिनुहोस