
काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७७/७८ को लाभांश प्रस्ताव गरेको छ । कम्पनीको असोज १५ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी ७३ करोड १९ लाख ५९ हजार रुपैयाँ रहेको छ । सोही पूँजीको आधारमा नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारण सभाले पारित गरेपछि वितरण गर्ने गरी कम्पनीले लाभांश प्रस्ताव गरेको हो ।
प्रतिक्रिया दिनुहोस