aarthiknews.com बुधबार, १५ जेठ २०८२   Wednesday, 28 May, 2025
 

लक्ष्मी लघुवित्तले यस वर्ष २७.३७ प्रतिशत लाभांश वितरण गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १७ असोज २०७८
लक्ष्मी लघुवित्तले यस वर्ष २७.३७ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष कुल २७ दशमलव ३७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको असोज १५ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट हाल कायम चुक्तापूँजी ३२ करोड ४५ हजार रुपैयाँको आधारमा २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ७ दशमलव ३७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारण सभाले पारित गरेपछि वितरण गर्ने निर्णय कम्पनीले गरेको हो ।
 

प्रतिक्रिया दिनुहोस