
काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशनले ५४औं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले कार्तिक १६ गते मंगलबार बिहान ११ बजेदेखि भिडियो कन्फेरेन्समार्फत साधारण सभा सञ्चालन गर्न लागेको हो ।
सभामा कम्पनीको चैत्र २३ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई २० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ५ प्रतिशत नगद गरि कूल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
त्यस्तै, उक्त सभामा वार्षिक विवरण पारित गर्ने, लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने, आर्थिक वर्ष २०७६/०७७ को लेखापरीक्षकको प्रतिवेदनसहित सोही आर्थिक वर्षको वासलात, नाफा र नोक्सान हिसाब र नगद प्रवाह विवरणलगायतका वार्षिक वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्ने लगायत प्रस्तावहरू पारित गर्ने छ ।
त्यसैगरि, कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले कार्तिक २ गतेदेखि कार्तिक १६ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, कार्तिक १ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस