aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

सन नेपाल लाइफको अभिकर्ता सम्मान तथा मोटिभेशन कार्यक्रम सम्पन्न

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १७ असोज २०७८
सन नेपाल लाइफको अभिकर्ता सम्मान तथा मोटिभेशन कार्यक्रम सम्पन्न

काठमाडौं । सन नेपाल लाइफले विभिन्न ४ छुट्टा छुट्टै स्थानमा अभिकर्ता तालिम र मोटिभेशन कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले म्याग्दी, बागलुङ्ग, बुर्तिबाङ्ग र पोखरामा उक्त कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमले समुद्घाटन गरेका थिए ।  

कार्यक्रममा बोल्दै महाप्रबन्धक गौतमले कम्पनीको स्थापनाकालदेखि नै सचेतना कार्यक्रम, बीमा अभिकर्ता तालिम र बीमा जागरण सम्बन्धी विभिन्न कार्यक्रमहरु निरन्तर सञ्चालन गर्दै आएको र आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिदै जाने बताए ।  

देशैभर शाखा सञ्जालबाट बीमा सेवा प्रदान गर्दे आएको यस कम्पनीले निकट भविष्यमा नै सर्बसाधारणलाई साधारण शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरिसकेको छ ।  
 

प्रतिक्रिया दिनुहोस