aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

२४ वर्षअघिको शाहरुख खानको सपना अहिले पुरा भयो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १७ असोज २०७८
२४ वर्षअघिको शाहरुख खानको सपना अहिले पुरा भयो

एजेन्सी । सुपरस्टार भारतीय नायक शाहरुख खानका छोरा आर्यन खान क्रुज ड्रग्स प्रकरणमा संलग्न भएको पाइएको छ । यो घटनासँगै शाहरुख खानले छोराको बारेमा गरेको एउटा टिप्पणी अहिले धेरै चर्चामा छ । धरै अघि उनले आफ्नो छोरो कस्तो होस् भन्ने बिषयमा ठट्टा गदैं भनेका थिए, ‘मेरो छोराले धेरै लागुऔषध र यौन अनुभव गर्नु पर्छ ।’ 

शाहरुख खानले १९९७ मा श्रीमती गौरी खानसंग सिमी ग्रेवालको शो मा गएका बेला यस्तो बताएका थिए।  त्यसबेला उनले ठट्टा गर्दै भनेका थिए, ‘मेरो छोराले ती सबै कामहरु गर्नुपर्छ जुन मैले आफ्नो युवावस्थामा गर्न सकिन।' शाहरुखले भनेका थिए, ’म चाहन्छु मेरो छोरो केटीहरुसँग डेट गरोस्, सेक्स र ड्रग्सको आनन्द लेओस् । जब उनी नराम्रो केटा बन्छन्। त्यसपछी म उसलाई घरबाट बाहिर निकालिदिन्छु ।' अहिले  शाहरुख खानले भनेको उक्त ठट्टा सोशल मिडियामा भाइरल बनिरहेको छ ।

आर्यन खानलाई एनसीबीले क्रुज ड्रग्स पार्टीमा संलग्न भएको आरोपमा पक्राउ गरेको थियो । उनबाट मोबाइल पनि बरामद भएको छ । आर्यनको मोबाइलमा च्याटिङको अनुसन्धान भैरहेको छ । आर्यनसहित कुल ८ जना यो प्रकरणमा पक्राउ परेका छन्। ती मध्ये ३ जना केटीहरु पनि छन् । त्यसमा शाहरुख खानका छोरा आर्यन खान, अरबाज मर्चेंट, मुनमुन धमीचा, नुपुर सारिका, इश्मीत सिंह, विक्रांत चोकर, गोमित चोपडा, मोहक जसवाललाई सोधपुछ गरिएको थियो । 

सबैको मुम्बईको जेजे अस्पतालमा चिकित्सा परीक्षणपछि मुम्बईको किला अदालतमा पेश गरिनेछ । दिल्लीका एक ठूला उद्योगपतिका छोरो पनि यसमा संलग्न छन् । मुम्बईबाट गोवा जाँदै गरेको क्रुजमा एनसीबीले गरेको छापामा हशिश, एमडी, कोकीनको ठूलो मात्रा भेटिएको छ । तीन दिन पहिले यो ड्रग्स पार्टीको बारेमा जानकारी प्राप्त भएको थियो । पार्टीमा समावेश हुनको लागी ८० हजार रुपैयाँदेखि एक लाख रुपैयाँ सम्म शुल्क लिईएको थियो । 
 

प्रतिक्रिया दिनुहोस