aarthiknews.com बुधबार, १५ जेठ २०८२   Wednesday, 28 May, 2025
 

नेपाल इन्भेष्टमेण्ट बैंकले प्रस्ताव गर्यो १६ प्रतिशत लाभांश

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १८ असोज २०७८
नेपाल इन्भेष्टमेण्ट बैंकले प्रस्ताव गर्यो १६ प्रतिशत लाभांश

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट कुल १६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकको असोज १७ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी १६ अर्ब २५ करोड ७३ लाख २९ हजार ५०० रुपैयाँको आधारमा ११ दशमलव २४ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ४ दशमलव ७६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
 

प्रतिक्रिया दिनुहोस