काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले कुल २६ दशमलव ३२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ३२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्तापूँजी २६ करोड ७१ लाख ३१ हजार २०० रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस