aarthiknews.com विहीबार, १६ जेठ २०८२   Thursday, 29 May, 2025
 

फक्सवागन एसयूभी ‘टाइगुन’ सार्वजनिक, यस्ता छन् विशेषता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १८ असोज २०७८
फक्सवागन एसयूभी ‘टाइगुन’ सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौं । नेपाली बजारमा फक्सवागन एसयूभी टाइगुन सार्वजनिक भएको छ । नेपालका लागि फक्सवागन गाडीको आधिकारिक वितरक पूजा इन्टरनेसनल नेपाल प्रालिले फक्सवागन टाइगुन एसयूभी सार्वजनिक गरेको हो । 

नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत डा. थोमस प्रिन्जले उक्त एसयूभी सार्वजनिक गरेका हुन्। कम्पनीले प्रारम्भिक अवस्थामा पहिलो १०० ग्राहकलाई निःशुल्क एसेसरिज र आकर्षक नगद छुट समेत उपलब्ध गराउने भएको छ । पहिलो वर्ष करिव १ हजार टाइगुन बिक्री–वितरण गर्ने लक्ष्य भएको कम्पनीको भनाइ छ ।

फक्सवागन टाइगुनमा फ्रेस तथा भाइब्रेन्ट डिजाइन सहितको स्टाइलिस बोल्ड एक्सटेरियर छ। अघिल्लो भागमा भएको मस्कुलर ग्रिललाई एलईडी डे टाइम रनिङ हेडलाइट (डीआरएल्स) सँग पूर्ण रुपमाएकीकृत गरिएको छ। उच्च ग्राउन्ड क्लियरेन्स र लामो ह्विलबेसभएका कारण नेपाली सडकका लागि पूर्ण रुपमा फिट छ। इन्टेरियर डिजाइन पनि मोडर्न र फ्रेस छ भने ड्युअल टोन ड्यासबोर्डले कारको प्रिमियम अपिललाई अझै बढाएको छ।

फक्सवागन टाइगुनले ९.१ सेकेन्डमै ० देखि १०० किलोमिटर प्रतिघण्टासम्मको गति लिन सक्छ। यसमा १० इन्च इन्फोटेनमेन्ट सिस्टम, फुल डिजिटल क्लस्टर, फ्रन्ट भेन्टिलेटेड सिट, हिल असिस्ट कन्ट्रोल, इलेक्ट्रिक मुनरुफ, एलईडी टेललाइट लगायतका विभिन्न अत्याधुनिक फिचर पाउन सकिन्छ। पुजा इन्टरनेश्नल नेपाल प्रालि का सीईओ विवेक बिजुक्छेले भने, ‘फक्सवागन टाइगुनमा भएका ४० भन्दा बढी एक्टिभ र प्यासिभ सेफ्टी फिचरले कार भित्रका यात्रु मात्र होइन, कार बाहिर वरिपरिका व्यक्तिहरुलाई समेत सुरक्षित राख्छ।

टायर प्रेसर डिफ्लेसन वार्निङ, बक्स सेन्सर सहितको रिभर्स क्यामेरा, इलेक्ट्रोनिक ब्रेक फोर्स डिस्ट्रिब्युसन, हिलहोल्ड कन्ट्रोल, थ्री रियर हेड रिस्ट्रेन्टस आदि यसमा भएका केही एक्टिभ सेफ्टी फिचर हुन्। त्यसैगरी मल्टी–कोलिजन ब्रेक, मजवुत स्टिल स्ट्रक्चर वडी, ६ वटासम्म एयरब्याग, सबै यात्रुका लागि थ्री प्वाइन्ट सेफ्टी बेल्टलगायत अन्य धेरै प्यासिभ सेफ्टी फिचर यो गाडीमा उपलब्ध छन्।

नयाँ कम्प्याक्ट एसयूभी टाइगुन विश्व स्तरीय १.० लिटर टर्बोचार्ज्ड इन्जिनद्वारा सञ्चालित छ, जसले ११४ एचपी पावर र १७८ एनएम टर्क जेनेरेट गर्छ । नेपाली बजारमा उपलब्ध यो क्याटागोरीका कम्प्याक्ट एसयूभी मध्ये यसको पावर र टर्क सबैभन्दा उच्च भएको कम्पनीको दाबी छ । फक्सवागन आफ्ना ठूला एसयूभीको लागि विश्वमै लोकप्रिय छ । एसयूभी ‘टाइगुन’ को नेपाली बजारमा आगमन पश्चात अब कम्पनी मास मार्केटमा समेत प्रवेश गर्ने विश्वास गरेको छ ।

फक्सवागन टाइगुनको सुरुवाती भेरिएन्ट कम्फर्टलाइनको मूल्य सीमित अवधिको लागि ५० लाख ९० हजार रुपैयाँ तोकिएको छ । तीन भेरिएन्ट मध्ये बाँकी दुई भेरिएन्ट टाइगुन हाइलाइनको प्रारम्भिक मूल्य ६३ लाख ९० हजार र टाइगुन टपलाइनको प्रारम्भिक मूल्य ७० लाख ९० हजार रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस