aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

परिसंघमा कृषि परिषद् विकास गठन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १८ असोज २०७८
परिसंघमा कृषि परिषद् विकास गठन

काठमाडौं । नेपाल उद्योग परिसंघ अन्तर्गत कृषि विकास परिषद् गठन भएको छ । परिसंघका राष्ट्रिय  परिषद् सदस्य विकासकुमार दुगडको नेतृत्वमा परिषद्गठन भएको हो । परिसंघका उपाध्यक्ष कृष्णप्रसाद  अधिकारी परिषदमा कोअर्डिनेटिङ उपाध्यक्ष रहेका छन । 

परिषदले नेपालमा कृषि क्षेत्रको विकासका लागि आवश्यक नीतिगत व्यवस्थाका लागि सरोकारवाला  निकायसँग समन्वय गरी कार्य अघि बढाउने छ । कृषि क्षेत्रको विकास तथा कृषकको जीवनस्तर सुधारका  लागि आवश्यक पर्ने प्राविधिक सहयोगको लागि पैरवी गर्ने उद्देश्यले गठन गरिएको यस परिषदले नेपाली  कृषि उत्पादनलाई स्वदेशी तथा विदेशी बजारमा पु¥याउन सहजीकरण गर्नेछ । 

पहिलो चरणमा नमूना स्वरूप एउटा गाउँपालिकाको पहिचान गरी त्यहाँको माटोमा उत्पादन गर्न सकिने  बाली पहिचान गर्ने र त्यस बालीको उन्नतस्तरको बिउबिजन कृषकहरुलाई उपलब्ध गराउने योजना परिषदको रहेको छ ।  परिषदको सदस्यहरूमा पवन कुमार गोल्यान, प्रेम लामा, डा. दिल्ली राम शर्मा, सागर गौतम, राशी  संघाई र सतिश श्रेष्ठ रहेका छन ।
 

प्रतिक्रिया दिनुहोस