aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

आईपीओ निष्कासनको प्रस्ताव सहित अभियान लघुवित्तले बोलायो साधारण सभा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १९ असोज २०७८
आईपीओ निष्कासनको प्रस्ताव सहित अभियान लघुवित्तले बोलायो साधारण सभा

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले कात्तिक १३ गते दोस्रो वार्षिक साधारण सभा बोलाएको छ । पनौती, काभ्रेपलाञ्चोकमा विहान ११ बजे भर्चुअल माध्यमबाट सभा गर्ने तयारी कम्पनीले गरेको हो । सभाले गत आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्ष ०७८/७९ को लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि टुङ्ग्याउनेछ । 

कम्पनीले अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ती प्रकृयामा जाने विषयलाई पनि प्राथमिकतामा राखेको छ । उक्त प्रकृयामा जाने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । कम्पनीले सर्वसाधारणमा शेयर जारी गर्ने सम्बन्धमा पनि सभाबाट अख्तियारी प्राप्त गर्ने बताएको छ । साथै कम्पनीबाट प्रदान हुने बचत, कर्जा , विप्रेषण लगाएतका वित्तीय सेवाहरु डिजिटल माध्यमबाट प्रदान गर्ने व्यवस्थाका लागि प्रबन्धपत्रमा संशोधन तथा थप गर्ने विषय पनि सभामा छलफल गरी पारित गर्ने कार्यक्रम रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस