aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

रिडी हाइड्रोपावरले कात्तिक १२ गते बोलायो साधारण सभा , १२.६ प्रतिशत लाभांश प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १९ असोज २०७८
रिडी हाइड्रोपावरले कात्तिक १२ गते बोलायो साधारण सभा , १२.६ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले कात्तिक १२ गते २०औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको केन्द्रिय कार्यालय थापाथली, काठमाडौंमा विहान ११ बजे भर्चुअल माध्यमबाट सभा बोलाईएको हो । सभाले गत आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै कर समेत १२ दशमलव ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै रैराङ हाइड्रोपावरलाई गाभ्ने/गाभिने बारे विशेष प्रस्ताव पनि सभाले पारित गर्ने कार्यक्रम तय भएको छ ।

सभा प्रयोजनका लागि कम्पनीले कात्तिक २ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा कात्तिक १ गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् ।

हाल कम्पनीको चसक्तापूँजी ५८ करोड ५५ लाख ५८ हजार रुपैयाँ रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो । यस वर्ष कम्पनीले हालसम्मकै उच्च लाभांश प्रस्ताव गरेको हो । कम्पनीले वितरण गरेको लाभांश इतिहासलाई हेर्ने हो भने यस अघि १० दशमलव ५३ प्रतिशतसम्म लाभांश वितरण गरेको थियो ।

आर्थिक वर्ष ०७०/७१ मा कम्पनीले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो भने आर्थिक वर्ष ०७१/७२ मा १० दशमलव ५३ प्रतिशत कर समेत नगद लाभांश वितरण गरेको थियो । त्यस पछिका तीन आर्थिक वर्ष एउटै अनुपातमा ६ दशमलव ३२ प्रतिशत लाभांश वितरण गरेको कम्पनीले गत आर्थिक वर्ष र अघिल्लो आर्थिक वर्ष पनि एउटै अनुपातमा ५ दशमलव २६ प्रतिशत लाभांश वितरण गरेको थियो ।  

प्रतिक्रिया दिनुहोस